फास्टिङको लहर व्यापक छ, शहरमा । कसैलाई मोटोपन घटाउनुछ, कसैलाई दीर्घरोगबाट छुटकारा पाउनुछ, कसैलाई चुस्त पाचनयन्त्र पाउनुछ । अतः यी सबैका लागि धेरैले अपनाउने एउटा विधी छ, फास्टिङ ।

पछिल्लो समय १६ घण्टे इन्टरमिटेन्ट फास्टिङ बस्ने प्रवृत्ति मौलाएको छ । यसले तत्काल केही राम्रै नतिजा दिएपनि दीर्घकालिन रुपमा भने खराब असर गर्ने चिकित्सकहरु बताउने गर्छन् । यसै सन्दर्भमा ग्याष्ट्रोइन्ट्रोलोजिस्ट डा. अखिलेश कश्यापसँग कुराकानी गरिएको छ ।

अहिले १६ घण्टा फास्टिङ गर्ने प्रवृत्ति व्यापक छ । यसले कुनै असर त गर्दैन ?

१६ घण्टा गरिने  इन्टरमिटेन्ट फास्टिङले धेरै फाइदा गरेको छ । तर, यससँगै  लामो समयसम्म  फास्टिङ गर्दा पेटमा भैरहेको एसिडलाई असर गर्न सक्छ । समयमा खाना नपुगेपछि एसिड खाना नली वा सानो आन्द्रामा जान्छ, जसले पाचन प्रकियामा असर पुर्‍याउन थाल्छ । यसैले ग्याष्ट्रिक, एसिडिटी जस्ता समस्या देखापर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0